राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २८ फाल्गुन, २०८२
२०८२ फागुन २८, काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि सम्पूर्ण मतगणना सम्पन्न भई प्रतिनिधिसभा सदस्यको निर्वाचन ऐन २०१७ को दफा ६० अनुसार सिट बाँडफाँट गरेको जनाएको छ ।
आयोगका अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका थिए । त्यसमध्ये १ करोड ५५ लाख ५९ हजार १७ मत अर्थात् ९४.५५ प्रतिशत मत सदर भएको छ ।
समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड पार गर्ने ६ वटा राजनीतिक दलहरूले मात्र सिट प्राप्त गरेका छन् । आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वाधिक ५७ सिट पाएको छ ।
त्यसैगरी, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६ र नेपाल कम्युनिस्ट पार्टीले ९ सिट प्राप्त गरेका छन् ।
श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान ४-४ सिट पाएका छन् ।