राष्ट्रिय सन्देश संबाददाता, ११ घण्टा पहिले
२०८३ जेष्ठ १७, काठमाडौं ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीसँग पत्रकार सम्मेलनमार्फत अन्तक्रिया गर्दै छन् ।
अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाका अनुसार यो कार्यक्रम सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा आज दिउँसो ३ बजे हुनेछ।
यसअघि गत शुक्रबार अर्थमन्त्री वाग्लेले सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको विशाल बजेट सार्वजनिक गरेका थिए । आज हुने पत्रकार सम्मेलनमा बजेटको कार्यान्वयन कार्यदिशा, स्रोत व्यवस्थापन र नीतिगत प्राथमिकताका बारेमा थप प्रष्ट पारिने र पत्रकारहरूका जिज्ञासाको सम्बोधन गरिने अपेक्षा गरिएको छ ।