राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ भदौ ०१, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।
आज प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामा दिएको घोषणा गरेका हुन्। उनले आज विश्वासको मत लिन लाग्दा विश्वासको मत नपाउने भएपछि राजीनामाको घोषणा गरेका हुन् ।
उनी २० साउन २०८२ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।