बुधबार, ३१ असार, २०८३

बालकृष्ण खाणलाई दुई वर्ष कैद र बीस हजार जरिवाना

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

बालकृष्ण खाणलाई दुई वर्ष कैद र बीस हजार जरिवाना

२०८३ असार ३०, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काँग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय तोकिएको छ ।

जिल्ला अदालत, काठमाडौँले खाणलाई दुई वर्ष कैद र २० हजार जरिवाना तोकिएको हो । उनलाई ठगीमा एक वर्ष कैद र १० हजार जरिवाना गरिएको छ।

त्यस्तै, संगठित अपराधमा एक वर्ष ६ महिना कैद र १५ हजार जरिवाना तोकिएको हो । यसैगरी, राज्य विरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार जरिवाना तोकिएको जिल्ला अदालतको फैसालमा उल्लेख छ। यससँगै थप तीन महिना कैद तोकिएको छ।

अदालतले एकीकृत तर्फ दुई वर्ष कैद र २० हजार जरिवाना तोकेको छ।

यसअघि न्यायाधीश खड्काकै इजलासले असार २४ गते नक्कली शरणार्थीसम्बन्धी मुद्दामा फैसला गर्दै १६ जनालाई दोषी ठहर गरेको थियो भने सात जनालाई सफाइ दिएको थियो ।

advertisement_1676553908.gif