राष्ट्रिय सन्देश संबाददाता, १४ घण्टा पहिले
२०८३ जेष्ठ २२, काठमाडौं । भारत भ्रमण रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्वदेश फर्किनुअघि अयोध्या पुगेर राम मन्दिर दर्शन गरेका छन् ।
उनी पत्नी निकिता, पार्टी सहमहामन्त्री विपिन कुमार आचार्य, प्रतिनिधि सभा सदस्य दीपक बोहोरासहित अयोध्या पुगेका हुन् ।

उनीहरूले राम मन्दिर दर्शन तथा पूजा गरेका छन् । रवि नेतृत्वको रास्वपा टोली भारतबाट आज स्वदेश फर्किँदै छ ।आजै रास्वपा नेता समेत रहेका परराष्ट्र मन्त्री शिशिर खनाल आजै भारत भ्रमणमा जाँदै छन् ।
भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए ।
