बुधबार, ३ मंसिर, २०८३

चीनका लागि नेपाली राजदूतमा डा. शर्मा नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १ मंसिर, २०८३

चीनका लागि नेपाली राजदूतमा डा. शर्मा नियुक्त

२०८३ कार्तिक ३० काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले डा. कल्याणराज शर्मालाई चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले सोमबार सरकारको सिफारिसमा शर्मालाई राजदूत नियुक्त गरेका हुन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेका शर्मालाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यससँगै डा. शर्मा औपचारिक रूपमा चीनका लागि नेपालको राजदूत नियुक्त भएका छन् ।

advertisement_1676551537.gif