बिहीबार, ३२ असार, २०८३

एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने कांग्रेसको निष्कर्ष, माओवादीसँग नयाँ समीकरणको कसरत

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने कांग्रेसको निष्कर्ष, माओवादीसँग नयाँ समीकरणको कसरत

२०८३ असार ३१, काठमाडौँ ।नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको वर्तमान सत्ता सहकार्य अन्त्य गर्ने निष्कर्षमा पुग्दै नयाँ राजनीतिक विकल्पको खोजी सुरु गरेको छ । स्रोतका अनुसार कांग्रेसले निकट भविष्यमै सबै प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने आन्तरिक तयारी थालेको छ।

त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग हुने समझदारीका आधारमा प्रदेश सरकारको नयाँ रणनीति तय गरिने बुझिएको छ । दुवै दलबीच सहमति बनेमा कांग्रेस र माओवादी मिलेर नयाँ प्रदेश सरकार गठन गर्नेछन् भने सहमति नजुटेको खण्डमा कांग्रेस केन्द्रमा जस्तै प्रदेशमा पनि विपक्षी बेन्चमा बस्ने रणनीतिमा छ।

यसै सिलसिलामा मंगलबार नेपाली कांग्रेसका सभापति गगन थापा र माओवादी अध्यक्ष दाहालबीच केन्द्रको सम्भावित नयाँ सत्ता समीकरण र प्रदेश सरकारहरूको भविष्यबारे सघन छलफल भएको छ । यद्यपि, एमालेसँगको सहकार्य तोड्ने वा नयाँ गठबन्धन बनाउने विषयमा कांग्रेसले हालसम्म कुनै औपचारिक निर्णय सार्वजनिक नगरे पनि दुवै दलका शीर्ष नेताहरूबीच संवाद भने निरन्तर जारी रहेको स्रोतको दाबी छ ।

advertisement_1676553851.gif