आईतवार, १४ असार, २०८३

एउटै मञ्चमा देखिँदैछन् ओली, प्रचण्ड,माधव र झलनाथ

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

एउटै मञ्चमा देखिँदैछन् ओली, प्रचण्ड,माधव र झलनाथ

२०८३ असार १3, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक माधव नेपाल एउटै मञ्चमा देखिने भएक छन् । जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा ओली र प्रचण्ड मात्रै नभई नेकपाका सहसंयोजक माधव नेपाल पनि सहभागी हुने भएक हुन् ।

कार्यक्रमको प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्या भण्डारी रहने बताइएको छ । असार १४ मा हुने कार्यक्रम राष्ट्रिय सभागृहमा दिउँसो १ः३० बजे सुरु हुने जनाइएको छ । सो कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने तय भएको छ ।

फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनमा धक्का खाएपछि कम्युनिस्ट एकताको चर्चा चलिरहेको बेलामा शीर्ष नेताहरू एउटै मञ्चमा देखिन लागेक हुन । उक्त कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुनेछन् ।

पछिल्लो समय फरक–फरक राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उपस्थित हुने भएकाले उक्त कार्यक्रमलाई राजनीतिक रूपमा पनि चासोका साथ हेरिएको छ।

advertisement_1680627706.gif