सोमबार, १८ श्रावण, २०८३

गृहमन्त्रीद्वारा भारत सीमा क्षेत्रको निरीक्षण

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

गृहमन्त्रीद्वारा भारत सीमा क्षेत्रको निरीक्षण

२०८३ साउन १७, काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले महोत्तरीको मटिहानी नगरपालिकास्थित मटिहानी, मधवापुर, नेपाल भारत सीमा क्षेत्रको निरीक्षण गरेका छन् ।

आइतबार मटिहानी पुग्नु भएका गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा रहेका सीमास्तम्भको स्थलगत निरीक्षण गर्दै सीमाको वर्तमान अवस्था, सुरक्षा व्यवस्थापन तथा आवतजावतको अवस्थाबारे जानकारी लिएका थिए ।

निरीक्षणका क्रममा उनले सीमा सुरक्षामा खटिएका सुरक्षा निकायका अधिकारीहरूसँग सीमामा देखिएका चुनौती, अवैध गतिविधि नियन्त्रण तथा सीमा व्यवस्थापनका विषयमा छलफल समेत गरेका थिए ।

गृहमन्त्री गुरुङले मटिहानीस्थित सशस्त्र प्रहरी बलको बीओपी पुगेर सुरक्षा अवस्थाबारे ब्रिफिङ लिनुका साथै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सतर्कता अपनाउन निर्देशन दिए ।

पछिल्लो समय मधेसका विभिन्न जिल्लामा दुई समुदायबीच देखिएको तनावकाबीच गृहमन्त्री गुरुङले मटिहानीस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको लक्ष्मीनारायण मठमा पूजा–अर्चना गर्नुका साथै पीरबाबा मजारमा समेत पुगेका थिए ।

advertisement_1680627706.gif