बुधबार, २१ आश्विन, २०८३

गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

२०८३ असोज २० काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनका लागि सभापति पदमा आधिकारिक उम्मेदवारी दर्ता गराएका छन् ।

थापाले मङ्गलवार साँझ काठमाडौंस्थित राष्ट्रिय सभागृहमा रहेको निर्वाचन समितिको कार्यालय पुगेर सभापति पदका लागि मनोनयन पत्र दर्ता गराएका हुन् । १४औँ महाधिवेशनमा लोकप्रिय मतका साथ महामन्त्री पदमा निर्वाचित भएका थापाले यसपटक पार्टीको नेतृत्व सम्हाल्ने घोषणासहित शीर्ष पदमा दाबी प्रस्तुत गरेका हुन् ।

उम्मेदवारी दर्ताका लागि निर्वाचन समितिले यसअघि साँझ ६ बजेसम्मको समयसीमा तोकेको थियो । तर, काठमाडौँ उपत्यकामा परेको अविरल वर्षा र सवारी चापका कारण मनोनयन दर्ता गर्न आउने केही आकांक्षीहरू छुट्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै समितिले समय थप गरी बेलुकी ७ बजेसम्म पुर्‍याएको थियो ।

पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको मुख्य एजेण्डा उठाउँदै आएका थापाको उम्मेदवारीसँगै कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदको प्रतिस्पर्धा थप रोचक र रणनीतिक बनेको छ ।

advertisement_1676553851.gif