शनिबार, २७ असार, २०८३

होल्डिङ सेन्टर डुबानमा परेपछि विस्थापितलाई सारियो स्मृति भवन

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

होल्डिङ सेन्टर डुबानमा परेपछि विस्थापितलाई सारियो स्मृति भवन

२०८३ असार २७, काठमाडौँ । अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका परिवारहरू पुनः विस्थापित भएका छन् ।

बाढीका कारण शनिबार राति करिब १ बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान सुरक्षित स्थानमा सार्न थालेका छन् । हाल उनीहरूलाई होल्डिङ सेन्टर नजिकै रहेको कीर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ ।

घटनापछि होल्डिङ सेन्टर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ । सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रको निगरानीका साथै उद्धार र व्यवस्थापनमा सहयोग गरिरहेका छन् ।

विस्थापित परिवारहरूलाई भक्तपुरको खरिपाटीस्थित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको भए पनि त्यससम्बन्धी अन्तिम निर्णय भने भइसकेको छैन। सम्बन्धित निकायले प्रभावितहरूको सुरक्षित व्यवस्थापनका लागि आवश्यक समन्वय गरिरहेको जनाएको छ ।

advertisement_1676553908.gif