शनिबार, ३ फाल्गुन, २०८१

कांग्रेस मन्त्रीलाइ देउवाको निर्देशन : प्रधानमन्त्रीसँग मिलेर काम गर्नुस्, अहिलेको गठबन्धनको विकल्प छैन

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३ माघ, २०८१

कांग्रेस मन्त्रीलाइ देउवाको निर्देशन : प्रधानमन्त्रीसँग मिलेर काम गर्नुस्, अहिलेको गठबन्धनको विकल्प छैन

माघ ३, २०८१ बिहीबार काठमाडौ । नेपाली कांग्रेसले एमालेसँग भएको सहमतिअनुसार अघि बढ्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको छ । बिहीबार बुढानिलकण्ठमा नेपाली कांग्रेसका सांसद र मन्त्रीहरू बोलाएर कांग्रेस सभापति शेरबहादुर देउवाले एस्तो निर्देशन दिएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर काम गर्न तथा एमालेसँगको गठबन्धनको विकल्प नरहेको भन्दै पूर्वसहमति बमोजिम अघि बढ्न मन्त्रीहरूलाई निर्देशन दिए।

बैठकमा सभापति देउवाले मुलुकमा सुशासन र आर्थिक समृद्धिका लागि कांग्रेस-एमालेबीच सहमतिका साथ सरकार गठन भएको र यसैमा केन्द्रित भएर काम गर्नुपर्ने बताए । मन्त्रीहरूले आफ्नो कामको बारेमा अद्यावधिक जानकारी गराए भने गृहमन्त्री रमेश लेखकले सम्झौता अनुरूप प्रगति भएको बताएका थिए ।

बैठकले सांसद दिलेन्द्र बडुको अध्यक्षतामा संसदीय दलको अनुशासन समिति गठन गर्‍यो र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्‍यो । मन्त्रीहरूलाई नागरिकहरूसँग खुला रूपमा संलग्न हुन र विचाराधीन विधेयकहरूमा ध्यान केन्द्रित गर्न पनि निर्देशन दिइएको थियो । विधेयकहरू ल्याउनका लागि सरकारको ध्यानाकर्षण गरेको छ। 

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif