शुक्रबार, १ श्रावण, २०८३

कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

२०८३ असार ३२, काठमाडौँ । कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कुटपिटको आरोपमा अनुसन्धानका लागि जिल्ला अदालत, कपिलवस्तुले बिहीबार प्रहरीलाई सांसद शाहलाई पक्राउ गर्न अनुमति दिएको हो ।

कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्माले आफूमाथि भएको साङ्घातिक आक्रमणमा सांसद शाहको संलग्नता रहेको भन्दै किटानी जाहेरी दिएका थिए । 

उनी माथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष अध्यक्ष सीताराम शर्मामाथि आक्रमण गरेको आरोपमा मुद्दा दर्ता भएर पक्राउ पुर्जी जारी भएको कपिलवस्तु प्रहरीका सूचना अधिकारी डिएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए । 

आक्रमणमा संघीय सांसद अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर (नगरप्रमुख) रजतप्रताप शाहसहित १५–२० जनाको समूह आफ्नो निवासमा प्रवेश गरेर अन्धाधुन्ध कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । 

advertisement_1676553908.gif
अन्य समाचार