राष्ट्रिय सन्देश संबाददाता, ६ घण्टा पहिले
२०८३ कार्तिक १५ काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक तथा अन्य विषयमा विशेष सम्बोधन गर्ने भएका छन् ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले आइतबार दिउँसो २ बजे विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
समसामयिक राजनीतिक घटनाक्रम र देशको पछिल्लो परिस्थितिबारे थापाले आफ्नो धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
उनको सम्बोधनमा कांग्रेसको आगामी राजनीतिक रणनीति, सरकारका कामकारबाही तथा राष्ट्रिय राजनीतिका विषयमा केन्द्रित रहने सक्ने बताइएको छ ।