बुधबार, ११ मंसिर, २०८२

कांग्रेसले गर्यो निर्वाचनमा भाग लिने निर्णय

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ७ मंसिर, २०८२

कांग्रेसले गर्यो निर्वाचनमा भाग लिने निर्णय

२०८२ मंसिर ६, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेको छ । सानेपामा बसेको केन्द्रीय समिति बैठकले मुलुकलाई अहिलेको संकटको अवस्था बाट निकास दिन चुनाव अपरिहार्य भएको बताएको छ ।

त्यसैले नेपालि कांग्रेसको बैठकले निर्वाचनमा भाग लिने निर्णय गरेको बताइएको छ । बैठकपछि कांग्रेस नेताले प्रतिनिधिसभा निर्वाचनको मितिको निर्वाचन घोषणा भइसकेको अवस्थामा मुलुकलाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले निर्वाचनमा भाग लिने निर्णय भएको बताएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको तथा महाधिवेशनका विषयमा छिटै निर्णय हुने नेपाली कांग्रेसले बताएको छ । 

advertisement_1676551694.gif