राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८३ साउन २७, विराटनगर । सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले बुधबार औपचारिक रूपमा आ-आफ्नो राजीनामा बुझाएका छन् ।
कांग्रेस नेता तथा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिएका छन् । केन्द्रमा नेकपा एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनेपछि कोशीका कांग्रेस मन्त्रीहरूलाई सरकार छाड्न दबाब बढेको थियो ।
कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी थिए ।
कांग्रेस बाहिरिएसँगै अब प्रदेश सरकारमा नेकपा सहभागि हुने र नयाँ राजनीतिक समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।