राष्ट्रिय सन्देश संबाददाता, १५ घण्टा पहिले
२०८३ जेष्ठ १३, काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज (बुधबार) बस्ने भएको छ ।
बैठक बिहान ९ बजे सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा किसानहरूले बाली लगाउने मौसम सुरु हुनै लागेको अवस्थामा रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको वर्तमान अवस्था, वितरण प्रणाली लगायतका विविध पक्षहरुमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीहरूसँग विस्तृत छलफल हुने छ ।