बुधबार, ३ भाद्र, २०८३

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

२०८३ भदौ ०३ कर्णाली । कर्णाली प्रदेश सभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ । 

मुख्यमन्त्री शाहीले सदनमा  सोमबार यससम्बन्धी पत्र दर्ता गराइसकेका छन् । नेकपा (एमाले)को समर्थनमा शाही गत साउन १२ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

दुई दलबीचको मन्त्रालय बाँडफाँडमा केही ढिलाइ भएका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।  सदनबाट विश्वासको मत लिएपश्चात् मन्त्रिपरिषद् विस्तार गरिने मुख्यमन्त्री शाहीले जानकारी दिए । कुल ४० सदस्यीय प्रदेशसभामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १४ र एमालेका १० प्रदेशसभा सदस्य छन् ।

advertisement_1680627680.gif