बुधबार, २० जेष्ठ, २०८३

कर्णालीले ल्यायो नयाँ नीति तथा कार्यक्रम (पुर्णपाठ)

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

कर्णालीले ल्यायो नयाँ नीति तथा कार्यक्रम (पुर्णपाठ)

२०८३ जेष्ठ २०, काठमाडौं । कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०८३-२०८४ को नीति तथा कार्यक्रम वाचनका क्रममा प्रदेश प्रमुखको स्वास्थ्यमा असहजता देखिएपछि सो कार्यक्रम मुख्यमन्त्रीले नै सम्पन्न गरेका छन् ।

प्रदेश सभा बैठकमा सुरुमा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नीति तथा कार्यक्रम वाचन गरेका थिए। तर वाचनको क्रममा स्वास्थ्यमा समस्या देखिएपछि बाँकी प्रस्तुति मुख्यमन्त्रीलाई जिम्मा लगाइएको हो ।

प्रदेश प्रमुख जोशीले आफूले केही अंश मात्र वाचन गर्न सकेको र स्वास्थ्य अवस्थाका कारण बाँकी कार्यक्रम मुख्यमन्त्रीलाई अघि बढाउन आग्रह गरेको जानकारी दिएका थिए। त्यसपछि सभामुख नन्दा गुरुङले मुख्यमन्त्रीलाई रोस्ट्रम प्रयोग गरी नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुमति दिएकी थिइन्।

मुख्यमन्त्री यामलाल कँडेलले त्यसपछि बाँकी नीति तथा कार्यक्रम वाचन गरेका हुन्। सामान्यतया प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले नै प्रस्तुत गर्ने परम्परा रहे पनि यसपटक स्वास्थ्य अवस्थाका कारण कार्यविधिमा परिवर्तन गरिएको हो ।

त्यस्तै आगामी बर्ष कर्णालीमा शैक्षिक गुणस्तर बिकास गर्ने, स्वास्थ्य सेवा बिस्तार र सुदृढीकरण, उद्यमशिलता बिकास र प्रदेशको पूर्वाधार बिकासलाई प्राथमिकतामा राखेको छ । स्वच्छ एवम् सर्वसुलभ खानेपानी सेवा तथा सिँचाइ सुविधा र ऊर्जा क्षेत्रको विकास तथा विस्तार, वन क्षेत्रको दिगो व्यवस्थापनमार्फत आयआर्जन, जीवनस्तर सुधार, पर्यापर्यटन तथा वातावरण संरक्षण, प्रशासनिक संरचनाको सुदृढीकरण तथा सूचना प्रविधिमा आधारित सेवा प्रवाहमार्फत सुशासन कायमलगायतका क्षेत्रमा सरकारले प्राथमिकता दिएको छ ।

प्रशासनिक खर्चमा मितव्ययिताको सिद्धान्त अवलम्बन गर्दै शून्य बेरुजु अभियानमार्फत वित्तीय सुशासन प्रवद्र्धन सरकारको आगामी तथा तथा कार्यक्रममा उल्लेख छ। सरकारले सार्वजनिक गरेको निति तथा कार्यक्रममा अधिकांश कार्यक्रम विगतकै निरन्तरताको रुपमा देखिएका छन् ।

Download the PDF
advertisement_1676553908.gif