राष्ट्रिय सन्देश संबाददाता, ९ घण्टा पहिले
२०८३ भदौ ०१, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ प्राप्त गरेका थिए ।
हाल कायम रहेको ८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ मत आवश्यक रहेको थियो। त्यस्तै प्रस्तावको विपक्षमा २६ मत परेको थियो ।
मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । जसपा नेपालले केन्द्रबाट विश्वासको मत नदिने निर्णय गर्दै निर्देशन दिएपनि सांसदहरुले सो निर्णय अस्वीकार गर्दै सरकारलाई साथ दिएका छन् ।
प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए ।