राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८३ असार ०८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
सोमबार पत्रकारहरुसँग कुरागर्दै महामन्त्रीमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । उनले अहिले महाधिवेशनमा भएको कमजोरी हटाउन पनि आफू योग्य दाबी गर्दै सही मान्छे सही पदमा हुनुपर्ने भन्दै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताए ।
रास्वपाको नयाँ नेतृत्वको चयनका लागि आजै मनोनयन दर्ता गर्ने भोली निर्वाचन हुने तालिका रहेको छ । तर प्रतिनिधि विवाद हुदा अहिलेसम्म बन्दसत्र शुरु हुन सकेको छैन ।