राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८३ जेष्ठ १५, काठमाडौं । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेट स्वीकृत गरेको शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।
केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेश गरेका थिए ।
वाग्लेले गरेको बजेट उक्त बैठक पारित भएको हो । पारित भएसँगै अब बजेट संघीय संसद्को संयुक्त बैठकमा पेश हुनेछ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा केहीबेरमै अर्थमन्त्री डा. वाग्लेले बजेट सार्वजनिक गर्नेछन् ।