सोमबार, १८ श्रावण, २०८३

मधेसको सुरक्षा अवस्थाको अनुगमनपछि काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

मधेसको सुरक्षा अवस्थाको अनुगमनपछि काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

२०८३ साउन १७, काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ पूर्वी तराई तथा मधेसका जिल्लाको सुरक्षा अवस्थाको अनुगमन सम्पन्न गरी आइतबार साँझ काठमाडौँ फर्किएका छन् । सम्बन्धित क्षेत्रमा पछिल्लो अवस्था सामान्य बन्दै गएपछि उनी राजधानी फर्किएको जनाइएको छ ।

सुनसरीको कप्तानगञ्ज र सिरहालगायत मधेसका विभिन्न जिल्लामा साम्प्रदायिक तनाव बढेपछि गृहमन्त्री गुरुङ स्थलगत अवस्था बुझ्न त्यस क्षेत्रमा पुगेका थिए ।

घटनापछि स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गर्दै सुरक्षा व्यवस्थापन र शान्ति स्थापनाका विषयमा उनले आवश्यक छलफल गरेका थिए ।

advertisement_1676553908.gif