राष्ट्रिय सन्देश संबाददाता, ९ घण्टा पहिले
२०८३ असोज २६ काठमाडौँ । पूर्वसांसद तथा नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका लागि लैजाने क्रममा निधन भएको हो ।
कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार पौडेललाई अस्पतालको आकस्मिक कक्षमा ल्याइपुर्याउँदा नै चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए ।
लामो समय नेकपा (एमाले)को राजनीतिमा सक्रिय रहेका पौडेल एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा आबद्ध भएका थिए ।
पछि एकीकृत समाजवादी र तत्कालीन माओवादी केन्द्रबीच एकता प्रक्रिया अघि बढेपछि त्यसमा असहमति जनाउँदै उनी नेकपा संयुक्तमा क्रियाशील भएका थिए । राजनीतिक गतिविधिका साथै उनले जनता टिभीसमेत सञ्चालन गर्दै आएका थिए ।