राष्ट्रिय सन्देश संबाददाता, ९ घण्टा पहिले
२०८३ बैशाख ०६, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।
खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् । उनले बैठक धुम्बाराहीस्थित स्मार्ट होटलमा आज दिउँसो १२ बजे बस्नेगरी बोलाएका हुन् ।
बैठकमा १५ औं महाधिवेशनमा के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।