बुधबार, ५ कार्तिक, २०८३

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सर्वसाधारणलाई दसैँको टीका नलगाउने घोषणा

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सर्वसाधारणलाई दसैँको टीका नलगाउने घोषणा

२०८३ कार्तिक ०३ काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने घोषणा गर्दै सर्वसाधारणलाई टीका नलगाउने भएका छन् ।

देशमा आएको भीषण बाढीपहिरो तथा अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको असहज र दुःखद अवस्थालाई मध्यनजर गर्दै यस वर्ष बडादसैँ पर्वमा टीका तथा जमरा लगाउने कार्यक्रम नराखिएको हो ।

निर्मल निवासस्थित संवाद सचिवालयले जारी गरेको सूचनामा गत भदौ र असोजमा आएको भीषण बाढीपहिरो तथा अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको संख्यामा मानवीय निधन र अपूरणीय क्षति भएको परिस्थितिप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।

विपत्तिको यस घडीमा पीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै र आफ्नो आस्था, मर्यादा तथा परिपाटीलाई कायम राख्दै यस वर्षको बडादसैँ पर्व अत्यन्त सादगीपूर्ण रूपमा मात्र मनाउने निर्णय भएको सचिवालयले जनाएको छ ।

advertisement_1680627706.gif