बिहीबार, ३ बैशाख, २०८३

पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

२०८३ बैशाख ०३, काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्‌कालाई थुनामुक्त गर्न आदेश गरेको छ । खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा बिहीबार कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले रिहाको आदेश गरेको हो ।

पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न माग गर्दै उनकी पत्नी विनिता थापाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्। सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ २०६४) को अनुसूची बमोजिमको सम्बद्ध कसूरको अभावमा पक्राउ गर्न नमिल्ने अवस्थामा प्रतिशोध राखेर पतिलाई पक्राउ गरी थुनामा राखेको दाबी गर्दै गैरकानुनी थुनाबाट मुक्त गराउन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् ।

‘कसुरको अनुसन्धान हिरासत बाहिर बसेर ने हुनसक्ने प्रकृतिको देखिँदा सम्बन्धित अदालतबाट अनुमति लिएर मात्रै विदेश जान दिनु र तत्काल थुनामुक्त गर्नू‚’ सर्वोच्चले बिहीबार जारी आदेशमा भनेको छ ।

हाल अनुसन्धान भएको राजस्वसम्बन्धी कसुर राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनको संशोधनले थप गरेको दफाअनुसार प्रतिवादीले बिगो र लाग्ने जरिवाना भुक्तान गरी मिलापत्र गरी पाउँ भनी निवेदन दिए मुद्दामा मिलापत्र हुनसक्ने आदेशमा उल्लेख छ ।

खड्का गत चैत १५ गते  पक्राउ परेका थिए । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको थियो ।  

Download the PDF
advertisement_1676553908.gif