बिहीबार, १३ चैत्र, २०८१

प्रतिनिधि सभाबाट दुई विधेयक स्वीकृत

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १२ असार, २०८१

प्रतिनिधि सभाबाट दुई विधेयक स्वीकृत

काठमाडौँ, असार ११ । प्रतिनिधिसभाबाट भन्सार महसुलसम्बन्धी विधेयक २०८१ बहुमतले स्वीकृत भएको छ । आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले भन्सार महसुलसम्बन्धी विधेयक २०८१ र राष्ट्र ऋण उठाउने विधेयक, २०८१ स्‍वीकृत गरेको हो ।

सभाको आजको बैठकमा विधेयकमाथि उठेका सैद्धान्तिक छलफलमा अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गरेकी उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकी थिइन् । 

सांसदहरू सञ्जय कुमार गौतम, जुलीकुमारी महतो (महासेठ), प्रेम सुवाल, नागीना यादव, डा अमरेसकुमार सिंह, गणेश पराजुली, बद्रीप्रसाद पाण्डे भन्सार महसुलसम्बन्धी विधेयक २०८१ माथिको सैद्धान्तिक छलफलमा सहभागी भएका थिए ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif