राष्ट्रिय सन्देश संबाददाता, १३ घण्टा पहिले
२०८३ असार १२, काठमाडौं । आज दिउँसो १:०० बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश स्थगित भई भोलि असार १३ गते शनिबारका लागि स्थगित भएको छ ।
संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम आजको बैठक स्थगित गरी भोलिका लागि सरेको छ ।
यसअघि असार ११ गतेका लागि तय भएको बैठक पनि पहिलो सूचनामार्फत स्थगित गरेर आजका लागि सारिएको थियो । यसरी पटक-पटक बैठक सर्नुको पछाडि चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिनु मुख्य कारण रहेको अनुमान गरिएको छ ।
