शनिबार, १३ असार, २०८३

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

२०८३ असार १२, काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

शुक्रबार बोलाइएको बैठक शनिबार बिहान ११ बजे बस्नेगरि स्थगित गरिएकोमा पुनः सूचना टाँस गरि आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । 

शनिबार बिहान ११ बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको बैठक २०८३ असार १४ आइतबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरेको संसद सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ । 

रास्वपाको महाधिवेशन लम्बिएका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएको हो ।

advertisement_1676553851.gif