राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८३ भदौ ०३ काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्रीको आह्वानमा बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले सरकारका नियमित प्रशासनिक तथा नीतिगत प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्नेछ । आजको बैठकबाट रिक्त एक सचिव पदमा बढुवा गर्ने निर्णयसमेत हुन सक्ने बताइएको छ ।
बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका अन्य प्रस्तावमाथि पनि छलफल तथा निर्णयसँगै केही महत्वपूर्ण अन्य निर्णयसमेत हुनसक्ने जनाइएको छ ।