आईतवार, १७ जेष्ठ, २०८३

प्रधानमन्त्रीले रोष्ट्रमबाट नै अप्रमाणित अभिव्यक्ति दिनु सर्वथा अनुचित : राजेन्द्र लिङ्देन

राष्ट्रिय सन्‍देश संबाददाता, ४५ मिनेट पहिले

प्रधानमन्त्रीले रोष्ट्रमबाट नै अप्रमाणित अभिव्यक्ति दिनु सर्वथा अनुचित : राजेन्द्र लिङ्देन

२०८३ जेष्ठ १७, काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री बालेन साहले संसदको रोष्ट्रमबाट नै अप्रमाणित अभिव्यक्ति दिनु सर्वथा अनुचित भएको बताएका छन् ।

प्रधानमन्त्री साहले आइतबार संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनेका थिए ।

‘प्रधानमन्त्री बालेन्द्र साहले सार्वभौम संसदको रोष्ट्रमबाट सीमा जस्तो संवेदनशील विषयलाई आज जसरी प्रस्तुत गर्नुभयो त्यो आपत्तिजनक छ । भारतद्वारा नेपाली भूमि अतिक्रमणको विषय नयाँ नभए पनि नेपालले छिमेकी भारतको भूमि मिचेको भनेर प्रधानमन्त्रीले रोष्ट्रमबाट नै अप्रमाणित अभिव्यक्ति दिनु सर्वथा अनुचित भएको राप्रपाको बुझाइ छ ।’ अध्यक्ष लिङ्देनले फेसबुकमा लेखेका छन् ‘यस विषयमा यथार्थ प्रष्ट पार्न राप्रपा प्रधानमन्त्री एवं नेपाल सरकारसँग माग गर्दछ । साथै, यस सम्बन्धमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा सार्वजनिक हुनुपर्दछ ।’

advertisement_1676551537.gif
अन्य समाचार