बुधबार, १७ असार, २०८३

परराष्ट्र मन्त्री खनालसँग रुसी महासंघका राजदूतको शिष्टाचार भेट

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

परराष्ट्र मन्त्री खनालसँग रुसी महासंघका राजदूतको शिष्टाचार भेट

२०८३ असार १६, काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि रुसी महासंघका नवनियुक्त राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल-रूस सम्बन्धका विभिन्न विषयहरूबारे छलफल भएको मन्त्रालयले जनाएको छ । 

साथै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा गरिने कार्यक्रमहरू तथा रुसी सेनामा रहेका नेपाली नागरिकसम्बन्धी विषयहरूमा विचार विमर्श भएको थियो ।

advertisement_1676998982.gif