मंगलवार, ८ बैशाख, २०८३

परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता

२०८३ बैशाख ०८, काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री एस. पाउल कपुरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

मंगलबार सिंहदरबारमा भएको भेटमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ । विशेषगरी व्यापार र लगानी क्षेत्रमा सहकार्य बढाउने विषयमा दुवै पक्षबीच विचार आदान–प्रदान भएको मन्त्रालयले जानकारी दिएको छ ।

सोमबार काठमाडौँ आएका कपुरले उच्चस्तरीय भेटवार्ता गरिरहेका छन् । उनले सोमबार रास्वपा सभापति रवि लामिछाने भेटवार्ता गरेका थिए भने व्यवसायीहरुसँग अन्तरक्रिया गरेका थिए ।

advertisement_1676551537.gif