शनिबार, २३ जेष्ठ, २०८३

परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान

राष्ट्रिय सन्‍देश संबाददाता, ११ घण्टा पहिले

परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान

२०८३ जेष्ठ २२, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन् । समकक्षी एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री शिशिर खनाल नयाँदिल्ली प्रस्थान गरेका हुन्।

नयाँ सरकार बनेपछि पहिलो पटक उच्च स्तरीय भ्रमण भएको र देशको प्राथमिकताका कुरामा छलफल हुने बताएका छ्न ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने भएका छन् । भेटमा नेपाल र भारतबिचको व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरको सम्बन्ध विस्तार लगायतका आपसी हितका विषयमा छलफल हुने मन्त्रालयले उल्लेख गरेको  छ।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले दुई देशबिचको दीर्घकालीन र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा छ ।

भारत भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री खनाल जेठ २४ गते आइतबार स्वदेश फर्किने तालिका छ ।

advertisement_1676551537.gif