बुधबार, ३ भाद्र, २०८३

रेडक्रसका पूर्वअध्यक्षसहितका पदाधिकारी पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, १९ घण्टा पहिले

रेडक्रसका पूर्वअध्यक्षसहितका  पदाधिकारी पक्राउ

२०८३ भदौ ०२ काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा रहँदा व्यापक अनियमितता र आर्थिक भ्रष्टाचार गरेको आरोपमा संस्थाका पूर्वअध्यक्ष सञ्जिब थापासहित पाँच जना पदाधिकारीहरू पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रेडक्रसको जिम्मेवारी सम्हाल्दा वैदेशिक सहायता तथा संस्थागत बजेटको दुरुपयोग, अनियमितता र सम्पत्ति हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ ।

प्राप्त जानकारी  अनुसार रेडक्रसमा भएका विभिन्न आर्थिक तथा प्रशासनिक अनियमितताका विषयमा परेका उजुरी र त्यसपछि गरिएका छानबिनका आधारमा पूर्वअध्यक्ष थापासहित पाँच जना बहालवाला तथा पूर्वपदाधिकारीहरूलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

रेडक्रस जस्तो परोपकारी र मानवीय संस्थामा भएको भ्रष्टाचार तथा गैरकानुनी गतिविधिबारे सुक्ष्म अनुसन्धान भइरहेको र पक्राउ परेकाहरूमाथि कानुनबमोजिम थप कारबाही अघि बढाइने बताइएको छ ।

advertisement_1680627680.gif