राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ जेष्ठ १९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका विदेशमन्त्री डा.एस. जयशंकरबीच भेटवार्ता भएको छ । लामिछानेसँग भएको भेटबारे भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी गराएका छन् ।
जयशंकरले दिल्लीमा रास्वपा सभापति लामिछाने र उनको प्रतिनिधिमण्डललाई भेट्न पाउँदा खुशी लागेको बताएका छन् । उनले आफूहरुको छलफल विकास साझेदारी र जनता(जनताबीचको सम्बन्धमा केन्द्रित भएको बताएका छन् ।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेको हो । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य छन् ।