बुधबार, २० जेष्ठ, २०८३

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, १४ घण्टा पहिले

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ जेष्ठ २०, काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (बुधबार) बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । यसअघि मंगलबार प्रतिपक्षी दलहरुको अवरोधका कारण बैठक बुधबारसम्मका लागि स्थगित भएको थियो ।

प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्तिमा माफी माग्नु पर्ने माग गर्दै प्रतिपक्षी दलहरुले मंगलबारको बैठकमा पनि अवरुद्ध गरेका थिए ।

advertisement_1680627706.gif