राष्ट्रिय सन्देश संबाददाता, १४ घण्टा पहिले
२०८३ साउन २८, काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ ।
बैठक आज अपराह्न १:१५ बजे सिंहदरबारमा बस्दै छ ।
आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।