राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८३ असोज २७ काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई महत्त्वपूर्ण अध्यादेश जारी गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उनले ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
संसद् अधिवेशन चालू नरहेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट यी दुवै अध्यादेश जारी गरिएका हुन्।