शुक्रबार, १५ श्रावण, २०८३

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबिच भेटवार्ता

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबिच भेटवार्ता

२०८३ साउन १४, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री शाह शीतलनिवास पुगेर समसामयिक विषयमा राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् । 

पछिल्लो समय देखिएको साम्प्रदायिक घटनाको विषयमा केन्द्रीत भई छलफल भएको बताइएको छ ।

देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई बिहीबार शीतल निवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

advertisement_1676998982.gif