सोमबार, ५ आश्विन, २०८३

राष्ट्रसंघको महासभामा जलवायु न्यायको मुद्दा शसक्त रुपमा उठाउन प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

राष्ट्रसंघको महासभामा जलवायु न्यायको मुद्दा शसक्त रुपमा उठाउन प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह

२०८३ असोज ०४ काठमाडौँ I नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सरकारलाई जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले आवाज उठाउन आग्रह गरेका छन् ।

आइतबार ‘विश्व तापमानमा वृद्धि, हिमाली क्षेत्रमा पर्ने असरले नेपालमा पर्ने जोखिम र जलवायु न्याय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालले जलवायु परिवर्तनका कारण ठूलो क्षति व्यहोरे पनि त्यसको उचित क्षतिपूर्ति पाउन कूटनीतिक पहल र तथ्यगत आधारमा दाबी गर्नुपर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसंघ भ्रमणका क्रममा जलवायु परिवर्तन र नेपालको क्षतिपूर्तिको विषय प्राथमिकताका साथ उठाउन आग्रह गर्दै भारतको दिल्लीमा हालै सम्पन्न ब्रिक्स शिखर सम्मेलनमा समेत नेपालको तर्फबाट जलवायु परिवर्तनका विषयमा पर्याप्त पहल हुन नसकेको बताए ।

उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा उठाउनुपर्ने बताए। नेपालले विगतमा आफू प्रधानमन्त्री हुँदा सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद्को बैठक राखेर ‘सगरमाथा घोषणापत्र’ जारी गरेको स्मरण गर्दै त्यसलाई नेपालको जलवायु कूटनीतिको महत्वपूर्ण दस्तावेजका रूपमा स्थापित गर्नुपर्ने बताए ।

उनले हिमाली देशहरूको साझा आवाज निर्माण गर्नुपर्नेमा समेत जोड दिए । उनका अनुसार जलवायु परिवर्तनको असर हिमालबाट सुरु भए पनि त्यसको प्रमुख कारण औद्योगिक राष्ट्रहरूको कार्बन उत्सर्जनसँग जोडिएको छ ।

नेपालले हालै भोटेकोशी, रसुवालगायतका क्षेत्रमा आएको विपत्तिलाई जलवायु परिवर्तनसँग जोडेर अध्ययन गर्नुपर्ने बताए। उनले रसुवामा भएको विपत्तिलाई ‘हिमाली विपत्ति’को रूपमा पहिचान गर्न सकिने धारणा पनि राखे ।

advertisement_1676551694.gif