शनिबार, १६ श्रावण, २०८३

स्मार्ट सेल घोटाला प्रकरण: दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

स्मार्ट सेल घोटाला प्रकरण: दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

२०८३ साउन १५, काठमाडौँ ।vनेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छv। सीआईबीको टोलीले बिहीबार बेलुका ललितपुरको धापाखेलबाट उनलाई नियन्त्रणमा लिएको होv।

स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएपछि नियमानुसार सरकारी स्वामित्वमा आउनुपर्ने अर्बौँ मूल्य बराबरको पूर्वाधार तथा सम्पत्ति गैरकानुनी रूपमा लिलामी एवं हिनामिना गराउन भूमिका खेलेको (स्मार्ट सेल घोटाला) आरोपमा उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छv।

भण्डारीलाई तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको कार्यकालमा दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त गरिएको थियोv। अनुमतिपत्र रद्द भइसकेको स्मार्ट टेलिकमको सम्पत्तिमा सरकारको हकबाट बाहिरिने गरी बेइमानीपूर्ण गतिविधि गराइएको निष्कर्षसहित सीआईबीले यस प्रकरणमा गहन अनुसन्धान थालेको छ।प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी गरेको छv। 

advertisement_1676551646.gif