बुधबार, ३ मंसिर, २०८३

स्थानीय तह निर्वाचनको तयारीमा निर्वाचन आयोग, मंसिर ४ गते सर्वदलीय बैठक आह्वान

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १ मंसिर, २०८३

स्थानीय तह निर्वाचनको तयारीमा निर्वाचन आयोग, मंसिर ४ गते सर्वदलीय बैठक आह्वान

२०८३ कार्तिक ३० काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको आवश्यक तयारी सुरु गरेको छ । आयोगका पदाधिकारीहरूका अनुसार समग्र निर्वाचनको तयारीबारे छलफल गर्न आयोगले आगामी मंसिर ४ गते बिहान ११:३० बजेका लागि राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ ।

हाल राष्ट्रिय मान्यता प्राप्त दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन् ।

आयोग स्रोतका अनुसार निर्वाचनको मिति तोक्ने विषयमा सरकारसँग आवश्यक परामर्श भइरहेको छ । स्थानीय तह जनप्रतिनिधिविहीन (रिक्त) नहुने गरी निर्धारित समयमै निर्वाचन सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको पदाधिकारीहरूले जनाएका छन् ।

कानुनी व्यवस्थाबमोजिम निर्वाचनको मिति सरकारले तोक्ने भएकाले सरकारले घोषणा गरेको मितिमा स्वच्छ र निष्पक्ष चुनाव गराउन आयोग सक्षम रहेको उनीहरूको भनाइ छ ।

advertisement_1680627680.gif