बुधबार, २७ जेष्ठ, २०८३

सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ ग्रहणको तयारी

राष्ट्रिय सन्‍देश संबाददाता, १२ घण्टा पहिले

सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ ग्रहणको तयारी

२०८३ जेष्ठ २६, काठमाडौं । गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्त भएका छन् । 

उनको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

यसअघि गत चैत १३ गते गृहमन्त्रीको रूपमा पहिलोपटक कार्यभार सम्हालेका गुरुङले सेयर लगानी र स्वार्थको बाझिने विषयलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेपछि नियुक्तिको २६ दिनमै (गत वैशाख ९ गते) पदबाट राजीनामा दिएका थिए । आफूमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिनका लागि बाटो खुला गर्न भन्दै उनले नैतिकताको आधारमा तत्कालीन समयमा राजीनामा बुझाएका थिए ।

उनीमाथि लागेका आरोपहरूको विस्तृत अध्ययन र छानबिन गर्न सरकारले गत वैशाख अन्तिम साता उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा एक विशेष समिति गठन गरेको थियो ।

उक्त छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाउँदै उनलाई सफाइ (क्लिन चिट) दिएको वा राजनीतिक समीकरणमा कुरा मिलेको आधारमा गुरुङलाई पुनः सोही शक्तिशाली मन्त्रालयको जिम्मेवारी सुम्पन लागिएको हाे।

advertisement_1676551537.gif