सोमबार, २५ जेष्ठ, २०८३

समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता

२०८३ जेष्ठ २४, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड दिइरहेको बताएकी छन् ।

आज यहाँ आयोजित पत्रकारसँग भेटघाट तथा छलफल कार्यक्रममा उनले समग्र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका प्रयास र आगामी योजनाका कामलाई प्रभावकारी बनाउन आफूहरू केन्द्रित रहेको बताइन् ।

मन्त्री मेहताले सरकारले सय दिनको शासकीय सुधारका कार्यअन्तर्गत स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै ती काम अन्तिम चरणमा रहेको बताइन् । उनले नियमित समन्वय, सूचना र सञ्चारका माध्यमबाट मन्त्रालयका गतिविधिलाई पनि प्रभावकारी बनाउने बताइन् ।

मन्त्रालयका सचिव डा विकास देवकोटाले आधारभूत स्वास्थ्य पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताइन् । उनले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या चाँडै नै समाधान गरेर अगाडि बढ्ने उल्लेख गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई सबैको कार्यक्रम बनाउन केही काम भइरहेको बताइन् ।

advertisement_1676553851.gif