राष्ट्रिय सन्देश संबाददाता, ९ घण्टा पहिले
२०८३ बैशाख ०६, काठमाडौं । सरकारी कर्मचारीले अब १५–१५ दिनमा तलबभत्ता पाउने भएका छन् । सरकारले कर्मचारीहरुलाई तलबभत्ता महिनामा दुई किस्तामा उपलब्ध गराउने व्यवस्था लागू गर्ने भएको हो ।
अर्थ मन्त्रालयले बैशाख ४ गते जारी गरेको पत्रअनुसार हालसम्म मासिक रूपमा वितरण हुँदै आएको तलबभत्ता अब अर्धमासिक रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
महालेखा नियन्त्रक शोभाकान्त पौडेल मन्त्रालयबाट परिपत्र आएको र अब उक्त निर्णय चाँडै कार्यान्वयन पनि हुने बताए । ‘अर्थमन्त्रालयबाट परिपत्र आइसकेको यो छिट्टै कार्यान्वयन हुने पौडेलले बताए ।
अर्थ मन्त्रालयका सहसचिव डा. सुमन दाहालका अनुसार पाक्षिक भुक्तानी प्रणाली शुरु गर्न नयाँ व्यवस्था लागू गरिएको हो ।
