राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ जेष्ठ १५, काठमाडौं । सरकारले सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज बजेट वक्तव्यमार्फत सो जानकारी गराए।
संघीय संसदमा आब २०८३/८४ को बजेट बक्तव्यमार्फत सबै सरकारी मुद्रण निकायहरुलाई एकिकृत रुपमा संचालन गर्ने घोषणा सरकारले गरेको हो ।
सरकारले नेपालमा दर्ता भएका सामाजिक सञ्जालमार्फत व्यावसायिक कृषि कार्य गर्न प्रोत्साहन गर्ने नीति लिएको छ ।
छापा तथा विद्युतीय सञ्चारमाध्यमबाट प्रकाशन र प्रसारण हुने लोककल्याणकारी विज्ञापनका लागि सरकारले ३३ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले बताए ।
त्यस्तै, लोककल्याणकारी विज्ञापन कार्यक्रम सञ्चालनका लागि ३३ करोड रुपैयाँ बजेट छुट्याइएको छ। सरकारले यस कार्यक्रममार्फत जनचेतनामूलक सूचना तथा सन्देशहरू प्रभावकारी रूपमा नागरिकसम्म पुर्याउने लक्ष्य राखेको जनाएको छ ।