बिहीबार, ७ श्रावण, २०८३

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने सरकारको घोषणा

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ५ श्रावण, २०८३

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने सरकारको घोषणा

२०८३ साउन ५ काठमाडौँ ।  सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउन खोजेको ३ प्रतिशत ‘समता कर’ (समता शुल्क) तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ल्याइएको सो व्यवस्था चौतर्फी विरोध र नागरिक तहको आक्रोशपछि फिर्ता लिइएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मङ्गलबार सामाजिक सञ्जालमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शपछि सो कर हालका लागि स्थगन गरिएको जानकारी दिएका छन् ।  

advertisement_1676551537.gif