राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८३ असार ३०, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीस तेजबहादुर खड्काको इजलासले सजाय निर्धारण गर्दै चार वर्षको कैद र ४० हजार जरिवाना तोकेको हो ।
ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्य विरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना, सोही कसूरमा थप ६ महिना कैद तोकिएको हो ।
त्यस्तै एकीकृत कसुरमा ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको जानकारी दिइएको छ ।